६ बैशाख २०७९ कालिकोट। अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य तथा अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालयको सह-संयोजक ममता अधिकारी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पदका लागि सिफारिस भएकी छन् । नेकपा माओवादी केन्द्रको गाउँपालिका कमिटीको विस्तारि बैठकले उपाध्यक्षको उम्मेदवारको रूपमा अघि सारेको हो।
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाबाट विद्यार्थी कालबाट राजनीतिमा आएकी अधिकारी अहिले नेकपा माओवादी केन्द्रकी सक्रिय नेत्री हुन्। उनले पार्टी तथा समाजमा योगदान पुर्याएकी छन्। विद्यार्थी नेत्रीको रूपमा चिनिने उनले विद्यार्थी हक हितका लागि सधैँ अग्रसर भएर तथा समाजका लागि बेलाबेला सडक तथा पार्टीमा आवाज उठाइँदै आइरहेकी छन्।
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय अधिकारी सानित्रीबेणी गाउँपालिकाका तथा समग्र कर्णालीमा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन्। ममता अधिकारीसँगै सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्षका लागि अन्य तीन जना प्रदेश सिफारिस भएका छन्।
बिहानीको तारा । ६ बैशाख २०७९, मंगलवार २०:४९