चलचित्र “प्रकाश” जुम्लाको प्रतिबिम्ब

चलचित्र भनेको समाजको आवाज हो प्रतिबिम्भ हो । चलचित्र मार्फत समाजमा घटेका घटनाको बास्तबिकता उतार्ने कला हो, मनोरन्जनको साधन हो । यसैले चलचित्रलाई समाजको ऐनाको रुपमा चित्रण गरिन्छ । नेपालमा धेरै चलचित्र बने तर जुम्लामा चलचित्रकर्मीको नजर जान सकेन तर जुम्लामा पहिलाे पटक छायाङ्कन भएको चलचित्र “प्रकाश” भदौ १० गते बाट देश भर प्रदशन भैरहेको छ । प्रकाश भनेकै उज्यालो हो अध्यारो लाई उज्यालो बनाउने प्रकाश नै हो । चलचित्रमा “प्रकाश”ले उठान गरेको बिषय बस्तु बास्तबिक र यथार्थ चित्रण गरिएको देखिन्छ ।

 युद्धले परिवर्तन

देशमा पञ्चायती ब्यवस्थाका बिरुद्ध माओवादीले २०५२ सालबाट सुरु गरेको जनयुद्धले देशमा परिवर्तन ल्याउन्छ र हामी जनताको अवस्था फेरीन्छ भन्ने हेतुले सर्बसाधारण जनता युद्धमा हुमिय कति घाईते भए, कति बेपत्ता भए, कति शहिद भए । यी नै काे रगतले बनेको पार्टी शान्ति प्रक्रियामा आएर फेरी तिनै पुर्व पन्चहरुले पार्टीका बिभन्न तहमा नेतृत्व गर्न पुगे । तिनै घाईते, अपाङ्ग, बेपत्ता, पारिएकाहरुको नाम निर्वाचनमा भजाएर चुनाव जित्ने साधन बन्न पुग्यो । चलचित्रमा प्रकाश गाउँको किसानको छोरा हुन्छ । उसको बुवाको सपना हुन्छ छोरो शिक्षक भएको तर युद्धको बेला राज्य पक्षबाट प्रकाशको बुवा बेपत्ता पारिएको हुन्छ । समाजमा धनी बर्गले निम्न बर्ग लाई गरेको ज्यादतीको चित्रण गरिएको छ । यस्ले गर्दा ब्यवस्था बदलियो तर अवस्था उस्तै छ भन्ने संदेशको चित्रण गरेको छ ।

जातिय बिभेद

समाजमा जडीएर बसेको छुवाछुत पर्था हो । कथित ठुलो जात भन्नेले सानो जातिको समुदायका ब्यक्ति लाई होच्याउने र उनीहरुले छोएको पानी नखाने तर चुनावी एजेन्डा बनाएर चुनाव जित्ने शक्तिमा पुग्न साधन बनाउएर जातिय बिभेदको अन्त्यको डम्फु फुक्ने बाहेक अरु परिवर्तन आएन तर चलचित्रमा “प्रकाश”ले जातिय छुवाछुतको पर्खाल टोड्न केही कोसिश गरेको देखिन्छ ।

शिक्षामा राजनीति

शिक्षा ज्योति हो, स्कुल मन्दिर हो । त्यही पबित्र मन्दिरमा अहिले राजनीतिक अखडा भएको छ । चलचित्रमा विद्यालय ब्यवस्थापन समिति देखी जिल्ला शिक्षा कार्यालय सम्म राजनीति आडमा कसरी बिचौलीयाहरुले प्रभाव पार्छन भन्ने सन्देश छ ।

चलचित्र “प्रकाश” जुम्लाको प्रतिबिम्ब हो । यसले राजनीतिक नेतृत्वलाई सचेत गराएको छ । आफ्नो वर्ग प्रति सचेत गराएको छ । बेपत्ता पारिएकका परिवारको पिडा के हो दर्शाएको छ । भूईमान्छेका पिडा बोलेको छ ।

चलचित्र प्रकाशमा चित्रण गरिएका विषयबस्तुहरु

  • जीवनमा प्रकाश छर्ने आशामा विद्रोही बन्न बाध्य कर्णालीको एक युवाको कथा हो “प्रकाश”
  • एउटी आमाको छोरोलाई मास्टर बनाएर सम्मानित जीवन जिउँने भावना।
  • छोराको मास्टर बनेर आमालाई सुखी राख्ने चाहना ।
  • यो कथा जुम्लाको मात्र नभएर शोषित, पीडित, हेपिएका । दबाइएका, राजनीतिले थिलथिलो पारेका
  • नेपाली आम नागरिकहरुको कटु यथार्थ हो ।
  • कर्णालीको खस भाषा, सस्कृती, जीवन शैली, गरिबी ,अशिक्षा जातियता लगाएतको चित्रण गरिएको ।
  • “प्रकाश” चलचित्र हेरेर भुइँमान्छेका दु:ख र पीडालाई अनुभूत गर्नुहोस् ।
  • चर्चित अभिनेत्री दीया मास्के र कुशल अभिनेता प्रदीप खड्काको बेजोड अभिनयद्वारा सुशोभित चलचित्र हो “प्रकाश”