जुम्लामा तिन दिने माक्र्सबादी स्कुलिङ संचालन


१४ साउन २०७९ जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आधारभुत माक्र्सबादी स्कुलिङ  संचालन गरेकाे छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितको आयोजना र माक्र्सबादी ज्ञान केन्द्रको सहजीकरणमा आधारभुत माक्र्सबादी स्कुलिङ संचालन गरीएकाे हाे  । साउन १४ देखी १६ गते सम्मको प्रशिक्षण चलाईने माक्र्सबादी ज्ञान केन्द्रका केन्दीय अध्यक्ष मनहरी तिमिल्सेनाले बताउनु भयाे ।

माक्र्सबादी ज्ञान केन्द्रका महासचिब इन्द्रराज भट्टराइले स्कुलिङ कार्यक्रम दर्शन शास्त्र, राजनितिक अर्थशास्त्र, वैज्ञानिक समाजबाद, बिश्व कम्युनिष्टको उदर्य, नेपालको कम्युनिष्ट आन्दोलन, बिज्ञान प्रविधि जस्ता बिषयमा प्रशिक्षण गर्ने  र माक्र्सबादी ज्ञान केन्द्र कर्णाली प्रदेशका सचिब जयशंकर धितालले माओबादी केन्द्रले समाज रुपान्तरणका लागी बैचारिक युद्धको सुरुवात गर्ने बिषयमा प्रशिक्षण दिने कार्यसुचिरहेकाे छ ।

त्यस्तै पुर्व राज्यमन्त्री तथा माओबादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुंवरले प्रशिक्षण बाट सबैको बिचार एक ढिक्का हुने हुनेमा बिस्वस्त हुने बताइन। माक्र्सबादी ज्ञान केन्द्रले खाली दिमागलाई बैचारी ज्ञान दिने र पार्टी संगठन निर्माणमा महत्वपुर्ण भूमिका खेल्ने कुँवरले प्रशिक्षणमा बताउनु भयाे ।

आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा केन्दिय अध्यक्ष मनहरी तिमिल्सेना,माओबादी केन्द्रका बाग्मती प्रदेस सचिवालय सदस्य महेश्वर फुँयाल, महासचिव इन्द्रराज भट्टराइ,सचिब हुमानाथ न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष रेशम कुमार अधिकारी सहितको टोलीले नेकपा माओवादी केन्द्र जुम्लाका अगुवा नेता कार्यकर्ताहरु लाई माक्र्सबादी स्कुलिङ सम्बन्धि प्रशिक्षण गरिएकाे हाे ।