सत्तारुढ ४ दलको बैठकमा मन्त्रिपरिषद विस्तारबारे छलफल

८ चैत २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख चार दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीचको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए । ‘मन्त्रिपरिषद विस्तार, संसदमा रहेको संवेदनशील विधेयकहरुका बारेमा प्रारम्भिक छलफल भएको छ’