
२१ असार २०७९ नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ को आयोजनामा भएको जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई छाता, हर्लिक्स, झुल दिएर सम्मान गरिएको वडा सदस्य जयन्ती खत्री बताउनु भयो ।

जेष्ठ नागरिकहरु सम्मानित हुन त्याे गौरवको कुरा हो, कसैले पनि अपमान नगरौं, जेष्ठ नागरिक संरक्षक हुन, उनिहरुको हकहितको लागि जेष्ठ नागरिक मंन्चले आवाज उठाउने जेष्ठ नागरिक मंन्चका अध्यक्ष लोक राज तिमिल्सेना बताउनुभयो ।

यसै गरी वडा सदस्य जयन्ती खत्रीले जेष्ठ नागरिकहरु सम्मानित हुन हजुरहरुको सहयोग र सल्लाहले हामी अघाडी बढ्छौं जेष्ठ नागरिक सम्मानमा कुनै कसरत बाँकी नराख्ने बताउनु भयो । जेष्ठ नागरिक सम्मान कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले गर्नु भएको थियो ।



बिहानीको तारा । २१ असार २०७९, मंगलवार १०:०९