नेपालगंज । सर्वोच्च अदालतको संबैधानिक इजलासले “जनयुद्ध” शब्द सरकारी कामकाजमा प्रयोग नगर्नु भनी गरेको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ । यसैको बिरोधमा चार बिद्यार्थी संगठन आज नेपालगंजमा मसाल जुलुस निकालेका छन । अदालतको आदेश संविधानको भावना विपरित भएको भन्दै देशभर बिद्यार्थी संगठनले बिरोध गरी रहेका छन । माओवादीका नेता कार्यकर्ताले यतिबेला उक्त आदेशप्रति विमति जनाउदै बिरोध गरिरहेका छन ।
अखिल (क्रान्तिकारी)का नेता सुरेन्द्र शाह जम्बोले ‘जनयुद्धको जगमा भएको परिवर्तन संस्थागत हुने “जनयुद्ध” शब्द नहुने यो प्रतिगामी सोच भएको र न्यायलयले गरेको निर्णय सच्याउन अपिल गरे ।’
यस्तै अखिल (क्रान्तिकारी)बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले ‘नेपालको संविधान, २०७२ को प्रस्तावनामै ‘सशस्त्र संघर्ष’ उल्लेख छ । सशस्त्र संघर्ष र जनयुद्ध पृथक होइनन् । एक अर्काका परिपुरक हुन् । संविधानको भावना विपरित गएर सर्वोच्चले व्याख्या गर्नु उपयुक्त नभएको भन्दै सच्याउन माग गरे’
राके जुलुसमा महान जनयुद्ध- जिन्दावाद, वीर- सहिद अमर रहुन, शोषक सामन्तहरु- मुर्दावाद, अखिल (क्रान्तिकारी)- जिन्दावाद, अखिल समाजवादी- जिन्दावाद भन्दै विपी चोकमा आएर समापन गरिएको अध्यक्ष सुनिल बटालाले बताए ।
सन्तोष कुमार बिष्ट । ६ पुष २०८१, शनिबार २१:१०