नेपालगन्जको बजेट १ अर्व ६३ करोड ६५ लाख

९ असार २०७९ नेपालगंज । नेपालगन्ज उप-महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभामा सभाध्यक्ष विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगर उप प्रमुख राईले आगामी आर्थिक वर्षकाे कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।