९ भदाै २०७९ नेपालगंज । जनता समाजवादी पार्टी (जसपा) बाट बिभाजन भएर डा.बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजबादी पार्टी बाँके जिल्लाको प्रथम बिस्तारित बैठकबाट बुद्ध सुनारको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरीएको छ । केन्द्रिय सदस्य रेखा गुप्ताको अध्यक्षता र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेसको मुखसचिब हिक्मत बि.क को प्रमुख आतिथ्यतामा भएको बिस्तारित बैठकले ५१ सदस्यीय जिल्ला कार्यसमिती सर्बसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा दिनेश गुरुङ र सम्झना गिरि सचिबमा रितेश कुमार गुप्ता सह-सचिबमा राजकुमार खडका लाई चयन गरिएको छ । ९ सदस्यीय पदाधिकारिमा हाल ५ जना र ५१ सदस्यीय जिल्ला कार्य समितिमा ३२ जना चयन गरिएको र बाँकी पदहरु आगामी बैठकमा थप गर्ने गरि जिल्ला कार्यसमित गठन गरीएको जिल्ला सचिब रितेश कुमार गुप्ताले जानकारीदिए ।
बिहानीको तारा । ९ भाद्र २०७९, बिहीबार १८:१७