नेपालगंज ९ मा डेंगी रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

८ असोज २०७९ नेपालगंज । नेपालगंज उप-महानगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा किटजन्य रोग डेंगी नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान संचालन गरीको छ । समुदायस्तरमा डेंगी रोग नियन्त्रण सम्बन्धि जनचेतना फैलाउन अभियान संचालन गरीएको वडा अध्यक्ष रेग्मीले बताउनु भयो ।

वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीको नेतृत्वमा वडा सदस्य सिमा के.सी, मिना नेपाली, जयन्ती खत्री, ज्ञान बहादुर लामा नेकपा एमालेका वडा कमिटी अध्यक्ष उर्दल गिरी, सरस्वति प्रा.बि.का बद्यालय ब्यवस्थापन समिति अध्यक्ष कौसल कुमार कुर्मी, वडा स्वास्थ्य प्रमुख अमृता दर्लामी राना, स्टाफ नर्स रोशनी भट्टराई समाजसेवी दिल बहादुर थापा, हिरा घर्ति, दयाराम यादव, पदम थापा, नर बहादुर थापा, स्वास्थ्य स्वयमसेबिका सुष्मा चौधरी, लाएत वडाबासीको सक्रिय सहभागिता रहेको थियो ।

समुदायस्तरमा डेंगी रोग फैलिरहेकोले रोग लाई फैलिनबाट रोक्न अभियान संचालन गरीएको र यस बाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टे को टोकाई बाट बच्ने र घर वरीपरि सफा राख्ने लगाएतका जनचेतनामुल नारा लिई सुमादायस्तर पुगेको वडा अध्यक्ष रेग्मीले बताउनु भयो ।

कार्यक्रम शान्तीनगर पिपल चौतारा बाट र्याली सुरु भै चारबाहिनी चोक हुलाक हुदै श्रद्धानगर महाकाली मन्दिर आनन्दनगर पिरलिपुर्वा हुदै पुन शान्तीनगर पिपल चौतारामा आएर कार्यक्रम वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले कार्यक्रम समापन गर्नु भएको थियो ।