नेकपा माओबादी केन्द्र निकट जनबर्गीय संगठन काेहलपुर नगरप्रमुख समक्ष १२ बुँदे ज्ञापन पत्र बुझाए

२ फागुन काेहलपुर  

नेकपा माओबादी केन्द्र निकट जनबर्गीय संगठनले १२ बुँदे माग सहित   कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । भुमिसम्बन्धीको कामकारबाही अगाडी बढाउनु पर्ने, फोहोर ब्यवस्थापन, बधशाला निर्माण, छाडा पशुचौपायको ब्यवस्थापन, गुनासोको सुनुवाई गर्ने प्रक्रिया लगायतका बिषयमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाईएको हो ।

वाइसिएल कोहलपुर नगर समिति, अखिल नेपाल सुकुम्बासी संघ कोहलपुर नगर समिति, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँके, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समिति आज संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै एक हप्ता भित्र आफना माग सुनुवाई नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।