११५औं अन्तरास्ट्रिय महिला दिवस

बाँके । ११५औं अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइयो । ११५औं अन्तरास्ट्रिय महिला दिवसको मुल नारा  ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ नाराका साथ शनिवार अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनहरुले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने र समाजमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिए पनि व्यवहारमा विभेद अन्त्य हुन सकेको छैन ।

सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका लागि महिला पुरुषबिच समान अधिकार हुनु पर्छ । महिलालाई राज्यको मुल नेतृत्वदायी भुमिकामा ल्याउनु पर्ने र समाजमा हुने सबै खालका हिंसाको अन्त्य गरिनु पर्छ ।

बिश्वमा सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो । नारी दिवस अर्थात नारीको सम्मान इज्जत र प्रतिस्ठा लाई सम्मान गरि नारी पुरुष बराबरी हुन, र राज्यको नेतृत्वतहमा महिलाको पनि समान सहभागिता गरिनु पर्छ ।