
नेपालगन्ज । प्रेस सेन्टर नेपाल बाँकेको आयोजनमा सहिद कृष्ण सेन “इच्छुक” को २३औं स्मृति दिवसको अवसरमा नेपालगंजमा ‘इच्छुक र जनपक्षीय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
आज देशभर ‘इच्छुक’को सम्झनामा बिभिन्न कार्यक्रम गरि स्मृति दिवस मनाइएको छ । इच्छुक क्रान्तिकारी पत्रकारिता तथा समाज परिवर्तनका लागि निरङकुश राजतन्त्रका बिरुद्धमा कलम चलाईरहेका थिए ।राजतन्त्रका बिरुद्धमा कलम चलाउँदा तत्कालिन शाही सेनाले गिरफ्तार गरि हिरासतमा क्रुर यातना दिइ २०५९ जेठ १३ गते हत्या गरिएको थियो ।
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पूर्णा कुमारी सुवेदीले इच्छुक लोकतान्त्रिक गणतन्त्रको पक्षमा कलम चलाउने क्रान्तिकारी पत्रकार हुन । उन समाज रुपान्तरणमा साहित्यको माध्यामबाट कलमको माध्यामबाट क्रान्ति गर्नुभयो र राजतन्त्रले उनलाई गरफ्तार गरि क्रुर तरिकाले हत्या गरियो । उनले देखाएको मार्गमा प्रेस सेन्टर अगाडी बढ्नु पर्छ र क्रान्तिकारी बिचार सहित निर्भिक स्वतन्त्र र जनपक्षियक पत्रकारिता गर्न सबै पत्रकार लाई आग्रह गरिन ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले इच्छुकको स्मृतिमा साँचो श्रद्धाञ्जली तब मात्र हुनेछ जब पत्रकारहरूले समाज र जनताको पक्षमा निर्भीकता, निष्ठा र इमानदारीका साथ कलम चलाउने छन् ।
त्यस्तै कार्यक्रममा सहिद सेनको योगदानलाई स्मरण गर्दै सहभागी वक्ताहरूले न्याय, स्वतन्त्रता र जनपक्षीय पत्रकारिताको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष निरज गौतम र झलक गैरे, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल लामिछाने, प्रदेश अध्यक्ष प्रदीप वाग्ले, प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य डा. डक्ट प्रसाद धिताल, वरिष्ठ पत्रकार शरण कर्माचार्य लगायतले इच्छुकको त्याग बलिदान, साहस, प्रतिबद्धता र जनमुखी सोच आजको पत्रकारिता र कबिता वाचन गर्दै स्मरण गरेका थिए ।

कार्यक्रम समापन गर्दै प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहराले इच्छुकको कलम न्यायका पक्षमा, सामाजिक विभेदका बिरुद्ध, निरङकुश राजतन्त्रको बिरुद्ध र जनताको मुक्तिका लागि कलम चलाउँदा सहिद हुन तयार हुनुभयो र अन्याय र अत्याचारसँग नझुकी दृढ रहनुभयो ।यसैले हामी महान शहिद इच्छुकको बाटो पछ्याउन दृढ सङकल्प गरे ।



सन्तोष कुमार बिष्ट । १३ जेष्ठ २०८२, मंगलवार २२:०६