१९ जेष्ठ २०७९नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको स्व. राजा वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । त्यसक्रममा झडप हुँदा गोली चलेको छ । प्रत्यक्षदर्शीले ५/६ राउण्ड हवाई फायर भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले टियर ग्याँस चलाएको पुष्टि गरेको छ । झडपमा प्रहरी र आन्दोलनकारी दुवै दर्जन बढी घाइते भएका छन् ।
चोकलाई अहिले सशस्त्र र जनपद प्रहरीले घेरा हालेको छ । आवतजावत रोकिएको छ । अहिले झडप रोकिनुको साथै स्थिति प्रहरीले नियन्त्रणमा रहेको छ ।
बिहानीको तारा । १९ जेष्ठ २०७९, बिहीबार १०:५९