नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० स्थित सोफिया रेजिडेन्सियल इङि्लस स्कूलको १८औं वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।
बाँके जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा स्थापित विद्यालयले खेलकुद विधाका विभिन्न विधामा बिजेता प्रथम, द्वतीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्र र ट्रफी बितरण गरिएको स्कूलका प्रिन्सिपल सुरेश गुरुङ्ले जानकारी दिनुभयो ।
उहाँका अनुसार `विद्यार्थीहरुले आकर्षण ड्रिल, पिटि ड्रिल,पम पम ड्रिल विद्यार्थीहरुले प्रर्दशन गरेका थिए ।´

उहाँले विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक पनि दौड प्रतियोगितामा भाग लिएको जनाउँदै विजेता बनेका अभिभावकलाई पनि मेडल प्रदान गरिएको बताउनुभयो ।
प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टफुट, ब्याडमिन्टन, कबर्डी, फुटबल, क्रिकेट, डोरी तान्ने खेल लगायतका खेल समावेश गरिएको शिक्षिका सरिता जि.सि.ले जानकारी दिनुभयो ।
खेलकुदको अन्तिम समयमा महिला अभिभावकहरुलाई ठाउकोमा माटोको गाग्रो राखेर दौड प्रतियोगिता गरिएको थियो यो निकै रोमान्चक र मनोरञ्जनात्मक भएको थियो । पुरुष अभिभावकको पनि दौड प्रतियोगिता गरिएको थियो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले यस पबित्र भूमिबाट हाम्रा नानीबाबुको उज्ज्वल भबिष्य निर्माण भएको बताउनुभयो । खेलकुदको माध्यमले विद्यार्थी-अभिभावक, बिद्यालय-अभिभावक बिचको सम्बन्धलाई झन उचाईमा पुर्याउने काम गरेको बताउनुभयो ।

स्कूलको ब्यवस्थापन पक्ष अब्बल रहेको र हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा, म्युजिक क्लास, खेलकुदले बच्चाहरुलाई फुर्तिलो र अब्बल बनाएको अभिभावक श्याम घर्तीले बताए ।
कार्यक्रमा स्कूल ब्यवस्थापन समिति अध्यक्ष के.बि बसेलको अध्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवाल, विशिष्ट अतिथि, विद्यालय प्रवन्ध निर्देशक सुशिला बसेल, अतिथिमा प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज, भेरी अस्पताल बिकास समिती सदस्य डा.डक्ट प्रसाद धिताल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गाैतम, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव तथा गोरखापत्रका समाचारदाता सिराज खान, अखिल क्रान्तिकारीका केन्द्रिय उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्तिमगर, आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा गोरखापत्र समाचारदाता गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपाल बाँके जिल्ला सह-सचिव सन्तोष कुमार बिष्ट, डब्लु डब्लु जे बाँके अध्यक्ष सावित्री गिरी, दिपेन्द्र धिताल, लक्ष्मी गोतामे, सबिता चन्द, लगायतको उपस्तिथि रहेको थियो ।






सन्तोष कुमार बिष्ट । १३ फाल्गुन २०८१, मंगलवार १९:१३