बाँकेमा २३ वटा वडाको नतिजा सार्वजनिक एमाले अग्रस्थानमा

नेपालगञ्ज : बाँकेका ८१ वटा वडा मध्ये २२ वडाको अन्तिम मत परिणाम सार्बजनिक हुँदा एमालेले अग्रता कायम गरेको  छ । मत नतिजा अनुसार एमालेले ८, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले ६, जसपाले ३ र राप्रपाले १ वटा वडा जितेका छन् ।

कसले कहाँ जिते

१. नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी

२. नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई बिजयी

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी

८. डुडुवा गाउँपालिका १ मा कांग्रेसका पाटेश्वरी कुर्मीको प्यानल नै विजयी

९. नेपालगञ्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी

१३. नेपालगञ्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगञ्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी

२१. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी विजयी

२२ . नेपालगञ्ज उपमहानगरपालिका २० मा जसपाबाट कौशलकुमार धोबी बिजयी

२३‍.  नेपालगञ्ज उपमहानगरपालिका ४ मा माओवादी केन्द्रका गाेपाल पुन बिजयी