२३ बैशाख २०७९ नेपालगंज । नेकपा माओवादी केन्द्रकाे तर्फबाट नेपालगन्ज उप-महानगरपालिका वडा नं. १३ का उम्मेदवारहरु घरदैलाेअभियान तिब्र रुपमा गर्दै आएका छन । नेकपा माओवादी केन्द्र बाट वडाअध्यक्ष पदमा मुग बहादुर शाह, वडा सदस्य पदमा प्रलाद लाेहनीया, अनिल मिश्र, महिला सदस्य जानकी केवर र दलित महिला सदस्यमा मन्जु खटिक चुनावी प्रतिस्पर्धामा छन् ।
दैनिक चुनावी घरदैलो अभियान उम्मेदवारहरु स्थानीयकाे बाग्लाे उपस्थितिमा जनता सँग भाेट मागि रहेका छन । शाहले मतदातालाई मत हाल्न सिकाउँदै घरदैलो गरि रहेका छन । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् ।
वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा जोड छ । सीमान्कृत समुदायको आर्थिक विकासका लागि सीपमुलुक देखि आर्यआर्जनसम्मका कार्यक्रमहरुल्याइने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याइने बताए ।
अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नेपालगन्जकै नमुना बनाउने इच्छा छ । सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले शाहलाई जिताउनु पर्ने बताउँछन् । स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ । सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार भएकाे नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य तथा वडा नं. १३ काे ईन्चार्ज माेहन साेनकरले बताउनु भयाे वडाले उहाँको विकल्प खाेजेकाे बताउनु भयाे ।
वडा नं. १३ का उम्मेदवारहरुका प्रतिवद्धताहरु
- शिक्षामा गुणस्तर बृद्धी गनृ सामुदायिक तथा निजी बिद्यालय समेतका शिक्षकलाई नियमित उच्च गुस्तरीय तालिमकाे व्यवस्था गरिनेछ ।
- प्राराम्भिक बाल बिकासलाई व्यवस्थित र प्रभावकारी बनाईनेछ ।
- बालमैत्री शाैचालयकाे व्यवस्था गरी हरेक बिद्यालयमा स्यानिटरी प्याड बैकिङ मेसिनकाे प्रवन्ध मिलाईनेछ ।
- गरिव तथा जेहेनदार बिद्यार्थीहरुलाई स्कलरसीपमा पढाईनेछ ।
- प्रत्यक बिद्यालयमा खेल मैदानकाे व्यवस्था गराई व्यवस्थापन समितिलाई प्रभावकारी र जवाफदेहीता मुखी बनाईनेछ ।
- सार्वजनिक साैचालयहरु ठाउँ ठाउँमा निर्माण गरिनेछ ।
- वडामा रहेका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम.बि.बि.एस डक्टरकाे दरवन्दी कायम गर्न पहल गरिनुका साथै इमर्जेन्सी सेवा उपलब्ध गराईनेछ ।
- स्वास्थ्य चाैकीमा प्रयाेगशाला र एम्बुलेन्सकाे सुबिधा सेवा उपलब्ध गराईनेछ ।
- अतिबिपन्न तथा गरिव परिवारकाे पहिचान गर्न तथ्याङक संकलन गरी तथा बिपन्नलाई सिपमुलक तालिमकाे प्रवन्ध गरी उतपादन साधन उपलब्ध गरी स्वराेजगारकाे अवसर प्रदान गरिनेछ ।
- घसियार, चिडिमार, बादी, बाल्मीकी, तेली लगायत अन्य दलित समुदायकाे आर्थिक उत्थानकाे लागि बिशेष कार्यक्रम संचालन गरिनेछ ।
- अति गरिव परिवारलाई जनताकाे आवास कार्यक्रम मार्फत आवास निर्माण गर्न सहयाेग गरिन्छ ।
- मन्दिर, मस्जित, गिरीजाघरकाे संरक्षण मर्मत पुर्ननिर्माण गरिनेछ ।
- हिन्दुहरुका लाई शमशान भुमि र काजत्रिया भवन एंव मुस्लिम समुदायका लागि राम्राे कवरस्थान बनाईनेछ ।
- वडामा बिवाह स्थल म्यारिज पार्टी हलकाे निर्माण गर्न पहल गरिनेछ ।
- भुमिहिन अतिबिपन्न तथा गरिव परिवारलाई लालपुर्जा वितरण गर्न व्यवस्था मिलाईनेछ ।
- कृषकहरुलाई उन्नत बिउ सिचाईकाे व्यवस्था र मलकाे प्रवन्ध गरिनेछ ।
- पशुपालनलाई अाधुनिकीकरण गरिनेछ ।
- बिद्युत बिस्तार गाउँगाउँमा गरिनेछ ।
- चाेक चाेकमा हाईमार्ट लाईट जडान गरिनेछ ।
- वडामा रहेका प्रत्येक कच्ची बाटाेलाई ढल निकास सहित पिच बनाईनेछ ।
- ई-रिक्सालाई व्यवस्थित गरी बिद्युतिय सवारीसाधनका लाई चार्जिङ स्टेशन बनाईनेछ ।
- सडक सरसफाई प्रत्येक दिन गर्ने प्रवन्ध गरिनेछ ।
- कुलतमा फसेका युवाहरुलाई प्रत्यक महिना माेटिभेसन कक्षा संचालन गरिनेछ ।
- जुवा तास घरेलु हिंसा व्यस्या ब्रीती राेक्न प्रशासनसँग सहकार्य गरिनेछ ।
- सरकारी बजेटलाई पारदर्शी रुपमा खर्च गरिनेछ ।
- वडामा आर्थिक बृद्धिकाे लाई मिनी पार्क निर्माण गरिनेछ ।
- वडा भित्र आवश्यक खेल मैदान निर्माण गरिनेछ ।
- रंगशालाई अन्तराष्टिय स्तरकाे बनाउनका लागि पहल गरिनुका साथै ईन्टी शुल्क नि:शुल्क गराउन समेत पहल गरिनेछ ।
बिहानीको तारा । २३ बैशाख २०७९, शुक्रबार २१:०२