नेपालगंज । नेपालगंज उप–महानगरपालिकाले प्रत्येक वडाबाट संचालन गरेका लक्षित वर्गका कार्यक्रमबाट मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति तथा अपाङ्गतासम्बन्धी विभिन्न कार्यक्रहरुमार्फत् गतिविधि सञ्चालन गरेको थियो । नगरभित्र रहेका मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति तथा अपाङ्गगता भएका समुहलाई लक्षित गरि सम्पन्न गरिएका विभिन्न कार्यक्रमहरुबाट सम्बन्धित लाभान्वित बनेका हुन् ।
नेपालगंज उप–महानगरपालिकाले गत आ.व. २०७९।८० मा उप–महानगरपालिका भित्र विभिन्न लक्षित वर्गका कार्यक्रम संचालन गरी विपन्न वर्ग लक्षित कार्यक्रमबाट सिपमुलक कार्यक्रम संचालन गरी सिप सिकाई आत्मनिर्भर हुने भन्ने मुल नारा सहित २३ वटै वडाहरुमा कार्यक्रम संचालन गरिएको महिला बिकास अधिकृत मन्जु पाण्डेले बताउनुभयो । हामीले प्रत्येक वडामा महिला संस्थाहरुको सागठित सुदृकरण गर्ने र प्रत्येक वडाहरुमा समुह गठन गर्ने र परिचालन गर्ने, समिति गठन र परिचालन र निगरानी समुह, महिला समुह समितिका लागि अनुशिक्षण कार्यक्रम गरी महिलाहरुलाई नेतृत्व तथा क्षमता बिकास कार्यक्रम गरी महिलाहरुलाई सक्षम र सिप सिकी आत्मनिर्भर गराउन हामीले कार्यक्रम गरी रहेको पाण्डेले बताउनुभयो ।
नेपालगंज उप–महानगरपालिका वडा नं. ९ बस्ने गौरी चौधरीले नेपालगंज उपमहानगरपालिकाले संचालन गरेको तालिम लिई अहिले बिभिन्न प्रकार सामाग्री बनाउने र बेच्ने काम गरीरहेको बताउनुभयो । नगरपालिकाले ढकिया तालिम संचालन गरेको थियो । उक्त तालिम आफुले लिएर अहिले टकिया सझिलै बनाउन र पुन्जाबाट (खर)बाट हटकेश, पेनहोल्डर, पिर्का, कप, गमला, डस्बिन आदि धेरै समाग्री बनाएर बेच्ने गरेको बताउनुभयो । अहिले घर खर्च चालन सझिलो भएको सिप सिकाइले सक्षम बनाउएको बताउनुभयो । ढकिया बुनाई तालिमले अहिले आफ्नो राम्रो कमाइ भैरहेको बताउनुभयो ।
त्यस्तै अहिले सहकारी सम्बन्धी तालिम लिएर टोलमा ऐना महिला बिकास समिति आनन्दनगर गठन गरेको बताउनुभयो । यसबाट कसरी पैसालाई बचत गर्ने बचत गर्ने सिकाउने बारे ज्ञान लिन पाउँदा गौरी चौधरीले खुशी व्यक्त गर्नुभयो ।
यस्तै नेपालगंज उप–महानगरपालिका वडा नं. ९ मा महिला बिकासका ५ वटा समिति संचालनमा रहेका छन । यी समुहमा महिला दिदी बहिनीहरुले मासिक रुपमा बचत गर्ने र बिभिन्न किसिमका जनचेतनामुलक जानकारी दिने र महिला सशक्तिकरण सम्बन्धी नियमित अभिमुखीकरण गरिने भएकोले पनि यो समिति बाट महिलाहरु आफै सक्षम र सबल बन्नु पर्छ भनी कुनै न कुनै व्यवसाय संचालन गरि स्वरोजगार भएको नमुना महिला बिकास समितिको अध्यक्ष हिरा घर्तिले बताउनुभयो । समितिले अहिले पहिला हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने, चेलिबेटी बेचबिखन बिरुद्धमा बिभिन्न कार्यक्रम गरी समाजमा सकरात्मक संन्देश प्रवाह भएको अध्यक्ष घर्तिले बताउनुभयो ।
यस्तै नेपालगंज उपमहानगरपालिकाले बिभिन्न किसिमका कार्यक्रम संचालन गरी हामीले प्रत्यक्ष लाभ लिएको तुलादेवी बुढाक्षेत्रीले बताउनुभयो । पहिला ब्यपार व्यवसायको बारेका केही थाहा थिएन तर अहिले उपमहानगरपालिकाले तालिम दिएर केही गर्न सकिन्छ भनेर ब्यवसाय गरेको बताउनुभयो । सामाजिक, आर्थिक तथा लै∙िक हिंसा सम्बन्धी नगरपालिकाले बिभिन्न समयमा तालिम सभा गोष्ठी संचालन गरी हामीलाई झन सजक र सचेतना दिने काम गरेको छ । यसले गर्दा आत्मनिर्भर हुन प्रेरित गरेको ललिता मानन्धर बताईन ।
लक्षित वर्गका महिलाहरुलाई महिला उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत् उद्यमशीलता सचेतना तालिम, नव उद्यमशील महिलाका लागि उद्यमशीलता विकास तालिम, नव उद्यमी महिलाका लागि सिप तथा व्यवसायिकता विकास तालिम, उद्यमी महिलाका लागि बजारीकरणसम्बन्धी तालिम प्रदान गरेको छ ।
आर्थिक रुपमा कसरी सक्षम भई आत्मनिर्भर हुन सकिन्छ भन्ने बिषयमा उपमहानगरपालिकाले बिभिन्न समयमा कार्यशाला गोष्ठी गरी उनीहरुलाई केही गर्न प्रेरित गदैआइरहेका छौ र हामीले बिभिन्न समयमा आश्यकता अनुसार नगरपालिकाले सहयोग आईरहेको महिला अधिकृत मन्जु पाण्डे बताउनुभयो ।
नेपालगंज उपमहानगरपालिकाले बिभिन्न समयमा २३ वटै वडाहरुमा बिभिन्न सिपमुलक कार्यक्रम संचालन गरी उनीहरुलाई सक्षम र सबल बनाउन रोजगारमुलक कार्यक्रम गरी मदेशी, मुस्लिम, दलित, आदिबासी जनजाति, र अपागता सम्बन्धी कार्यक्रम गर्दै आएरको समेत पाण्डेले बताउनुभयो ।



बिहानीको तारा । ३२ जेष्ठ २०८१, शुक्रबार २०:५२