
९ बैशाख २०७९नेपालगंज । पाँच दलिय सत्ता गठबन्धनले उप-महानगरपालिका भाग बन्डा गर्दा नेपालगंज उप-महानगरपालिकाकाे मेयर नेपाली काँग्रेसकाे भागमा मेयर र जनता समाजवादी पार्टीकाे भागमा उप-मेयर पेरे पछि जसपा बाँकेले असहमति जनाएकाे थियाे । तर अहिले उप-मेयर भए पनि गठबन्धन लड्ने निर्णय जसपा बाँकेले गरेकाे छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष कमरुद्दिन राई नेपालगंजकाे उपमेयर लड्न तयार भएका छन् । मेयरको दाबेदारी गरिरहेका राईले स्थानीय कार्यकर्ताको जनभावना र नेपालगंजबासीको चाहना अनुसार आफू उपमेयरमा लड्न तयार रहेको बताएका हुन् । सत्ता गठबन्धन दलहरुले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जसपाबाट उम्मेदवार बनाउने निर्णय गरेसंगै जसपा बाँकेले उक्त निर्णय नमान्ने भन्दै आपत्ति जनाएको थियो । राईले पार्टी केन्द्रले गरेको निर्णय गलत भएको भन्दै उक्त निर्णय विरुद्ध संघर्ष जारी राख्ने बताएपनि गठबन्धनको सहमति अनुरुप उपमेयरमा भने उम्मेदवारी दिने प्रतिक्रिया दिएका हुन् । अब उपमेयर बनेर नेपालगञ्जबासीको सेवा गर्ने उनले बताए ।



बिहानीको तारा । ९ बैशाख २०७९, शुक्रबार १०:४८