माओवादी केन्द्र बाँके निकट बुद्धिजीवीको अध्यक्षमा डा.भण्डारी चयन

३ बैशाख २०७९ नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट बुद्धिजीवी संगठन बाँकेको पहिलो सम्मेलनबाट डाक्टर इन्द्रबहादुर भण्डारी अध्यक्षमा चयन हुनुभएको छ । २१ सदस्यीय कार्यसमितिको सर्वसम्मत समितिको अध्यक्ष डा. भण्डारी चयन हुनुभएको स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुर्णा सुवेदीको प्रमुख अतिथ्यता र बाँके समन्वय समितिका सम्योजक डम्बर बिक (तुफान)को विशिष्ट अतिथ्यतामा भएको सो एतिहासिक पहिलो सम्मेलनले उपाध्यक्षमा जितबहादुर शाह, मणि अर्याल, नारद पुरी सचिबमा ललित प्रकास चन्द्र सहसचिवमा गणेशा कार्की कोषाध्यक्षमा भुवन गैरे र सदस्यमा खेम कुमारी न्यौपाने, मुना हमाल, बद्री ढकाल, जितबहादुर बर्मा, कृपाराम यादव, तारा रोकाय, अमरराज आचार्य लगायतका सदस्यहरु सर्वसम्मत चयन हुनुभएको अध्यक्ष डा. भण्डारीले जानकारी गराउनु भयो ।