
९ चैत्र २०७८ नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगंज उप-महानगर कमिटीकाे बिस्तारीत बैंक नेपालगंजकाे द्रब्य कुटिरकाे सभा हलमा सम्पन्न भएकाे छ । बिस्तारित बैंक स्थानिय निर्वाचन केन्द्रित कार्य याेजना प्रशिक्षण र रणनिति सम्बन्धी बैंठक केन्द्रित भएकाे नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपालगन्ज उप-महानगर कमिटी अध्यक्ष रतन शाहीले बताउनु भयाे । नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-महानगर कमिटी सचिब प्रेम शाहले बैंठक संचालन गर्नुभएकाे थियाे । शाहले केन्द्र देखि प्रदेश सम्मका सर्कुलर पढेर सुनाए ।
एकै छिनमा उपमहानगर समिति उपाध्यक्ष बसन्त मल्ल आए । पार्टीले दुई महिनामा गरेका पार्टी सुदृढीकरण र संगठन निर्माणको प्रगति प्रतिवेदन सुनाए । दुई महिने संगठन बिस्तार तथा सुदृढ अभियानकाे कमाण्ड १ काे संयाेजक बसन्त मल्लले रिपाेर्टिङ राखे । कमाण्ड २ काे संयाेजक तारा खत्रीले रिपाेर्टिङ राखे । कमाण्ड ३ काे संयाेजक गाेपाल पुनले रिपाेर्टिङ राखे सबैले संगठन बिस्तार तथा सुदृढ अभियान पुर्ण सफल भएकाे दाबि गरे ।

यस्तै प्रदेश सदस्य डिल्ली बराल (अमिर), प्रदेश सदस्य नवीन शर्मा, आदेश अग्रवाल, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सह-सचिब अकल बहादुर बम ( रबिन्द्र) ले नेपालगन्जमा पार्टी लोभ लाग्दो बताए । साथीहरू अब निर्वाचन केन्द्रित हुनु हाेस हामीले नेपालगन्जका सबै वडा जित्नको लागि आफ्नो सक्रियता बढाउनु होस् ।` यस्तै केन्द्रिय सदस्य अत्तहर हुसेन फारुकी, अन्जना चौधरी (अर्पणा) र बाँके इन्चार्ज पुर्णा सुवेदी (सिला) ले प्राशिक्षणात्मक विचार राखेका थिए । केन्द्रिय सदस्य तथा इन्चार्ज सुवेदीले लेलिन, स्टालिन, माक्स, माओको विचार र सिद्धान्तलाई बोकेका हामी कार्यकर्ताले सजिलै विजय हासिल गर्न सक्छौं भन्दै कार्यकर्तालाई उत्साहित गराइन ।
विस्तारित बैठकमा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका वडा अध्यक्ष, जबस माेर्चा काअध्यक्ष, प्रतिनिधि,सुबेच्छुक संगठनका अध्यक्ष, प्रतिनिधि, उपमहानगरपालिका कार्यसमिति सदस्य, लुम्बिनी प्रदेश सदस्य, केन्द्रिय सदस्यको उपस्थिति थियो ।
विस्तारित बैठकको समापन गर्दै अध्यक्ष रतनबहादुर शाहीले जोशिलो प्रशिक्षण दिए । उनले भने, ´ नेकपा माओवादी केन्द्रको एजेन्डामा आज देश हिडेको छ, त्यसैले ढुक्क भएर संगठन बिस्तारमा लाग्नुस, बैशाख ३० गते हुने निर्वाचनको परिणाम २३ वटै वडामा हाम्रो झण्डा गाड्छौं । ` अध्यक्ष शाहीले चैत महिना तेस्रो हप्ता भित्र सबै वडाका जनप्रतिनिधि, उपमेयर र मेयर सार्वजनिक गरिने बताए । प्रशिक्षण दिदै अध्यक्ष शाहीले विस्तारित बैठकको समापन गरे



बिहानीको तारा । १० चैत्र २०७८, बिहीबार ११:००