
- जीवन शर्मा
पानी र जीवन
#पानी_दिवश
खल्तिमा पानी
~~
पढ्न थालेदेखी
जान्ने भएदेखी
वनजङ्गल र पानी भनियो
नेपाल धनी छ भनियो
पानीसङ्ग जोडिदिएर
सभ्यता हो
सस्कृती जोडियो
प्रकृतिको अनुपम उपहार भनियो
जीवन चक्र देखाईयो
पानी बिकाश हो भनियो
उ बेला पढियो
~~
अहिले
अहिले पानी खोज्न हिडियो
बोट्टलका बोट्टल पानी किनियो
भाडोमा भरियो
बजार भरी डुलि हिड्छ पानी
उता
पानीको श्रोत गायब
यता
खोलाका पानी खल्तिभरी
~~~
सिमसार थिए
वगर थिएन पानी बग्दथ्यो
नदि सफा थिए
ढल थिएन
माझी थिए, माछा थिए
चरा र पानी आश्रीत जीव थिए
पौडिने रमाउने प्रसस्त मानिस थिए
हिमालमा हिउँ थियो
पानी कन्चन थियो
उ बेला ।
~~~
आज
पानी छैन ढल छ,
खोलाभरी
पेय पदार्थ र प्लाष्टिक छ
नाकै खिर्याउने गन्थ छ
हिमालमा कालापत्थर छन
मान्छे
म/हामी
होटलको छतमा पौडिन्छौ
फोटोमा पानी बगेको देख्छौ
र ङिच्च हास्छौ र भन्छौ
आहा “पानी”
~~~
पानीको श्रोत बचाउ, यो हाम्रो जीवन हो, सभ्यता हो यो हाम्रो बिकाश हो ।
फुटाहरुचाही विभिन्न समयमा खिचिएका नेपाल कै नदिनाला र तालका हुन ।



बिहानीको तारा । ८ चैत्र २०७८, मंगलवार ११:१२