
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य पदका लागि बाँके निर्वाचन क्षेत्र नं. २ मा भइरहेको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता तथा सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बिहानदेखि नै मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगिरहेका छन्। मतदाताको सक्रिय सहभागिताका कारण अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सहज र व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए।
मतदान केन्द्रहरूमा सर्वसाधारण मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्। स्थानीय मतदाताका अनुसार निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ।



सन्तोष कुमार बिष्ट । २१ फाल्गुन २०८२, बिहीबार १६:१७