
नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ले डुडुवा गाउँपालिका ५ का बस्ती-बस्तीमा घरदैलो अभियान लाई सक्रिय रुपमा अघाडी बढाएका छन । जब्दहवाबाट सुरु भएको भेटघाट कार्यक्रम डलैपुरसम्म पुग्दा स्थानीयको उल्लेखनीय सहभागिता र उत्साहले चुनावी माहोल तातिएको छ ।
जब्दहवामा उम्मेदवार बिष्टले किसान, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्नुभयो। वर्षौंदेखि दोहोरिँदै आएको सिँचाइ समस्या, मल–बीउ अभाव, कृषि उत्पादनको उचित मूल्य नपाउने अवस्था तथा आधारभूत पूर्वाधारको कमजोरीबारे स्थानीयले खुलेर आफ्ना गुनासा राखेका थिए। बिष्टले ती समस्यालाई गम्भीरतापूर्वक लिँदै योजनाबद्ध ढंगले समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकासलाई नारामा सीमित नराखी कार्यान्वयनमा केन्द्रित गर्ने धारणा राख्नुभयो।
जब्दहवापछि डलैपुर पुगेको टोलीलाई स्थानीयले आत्मीय स्वागत गरेका थिए। घर–आँगनमै पुगेर समस्या सुन्ने र समाधानको खाका प्रस्तुत गर्ने शैलीले धेरैलाई प्रभावित बनाएको देखिन्थ्यो। डलैपुरका बासिन्दाले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि आधुनिकीकरण, युवालाई स्वरोजगारका अवसर तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारजस्ता विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
उम्मेदवार बिष्टले जनताको विश्वासलाई आफ्नो अभियानको मुख्य आधार मान्दै विकासका लागि स्थानीय आवश्यकतालाई पहिलो प्राथमिकता दिने बताउनुभयो। उहाँका अनुसार डुडुवा क्षेत्र कृषि तथा साना उद्यमका दृष्टिले सम्भावनायुक्त भएकाले योजनाबद्ध लगानी र नीतिगत पहलमार्फत समृद्धि सम्भव छ।
घरदैलो अभियानका क्रममा देखिएको सहजता, नम्रता र प्रत्यक्ष संवादको अभ्यासले उम्मेदवारप्रति स्थानीयको भरोसा क्रमशः बढिरहेको संकेत मिलेको छ। जब्दहवाबाट डलैपुरसम्म फैलिएको यो अभियानले डुडुवा क्षेत्रमा चुनावी गतिविधिलाई सक्रिय बनाउनुका साथै अपेक्षा र आशाको वातावरण सिर्जना गरेको छ। अब स्थानीय बासिन्दा परिणाममुखी नेतृत्वको खोजीमा आगामी निर्वाचनलाई चासोपूर्वक हेरिरहेका छन्।




सन्तोष कुमार बिष्ट । ९ फाल्गुन २०८२, शनिबार २०:२६