रेड पाण्डाको छाला सहित ४ जना नेपालगंज बाट पक्राउ

७ चैत्र २०७८ नेपालगंज । नेपालगंज उप-महानगरपािलका वडा नं. १२ काेरियनपुर बाट  २ वटा रेड पाण्डाको छाला सहित ४ जना ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ३ का २३ बर्षिय बिकेश शाही, ३६ बर्षिय हर्क बहादुर बिक, २२ बर्षिय राम कृष्णा शाही, र डोल्पा ठुलोभेरी नगरपालिका १ का २५ बर्षिय सुकराम बिक रहेका छन ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजुन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखी १० लाख रुपैयाँ सम्म जरिवाना र ५ बर्षदेखी १५ बर्ष सम्म कैद वा दुबै सजाय हुन सक्ने कानूनी ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसैबीच, नेपालगंज २ स्थित पुष्पलाल चोकबाट ३ किलो चरेस सहित २ जना ब्यक्तिहरु पक्राउ परेका छन । जसमा कालिकोट खाँडाचक्र नगरपालिका ९ का २५ बर्षिय प्रविन विष्ट, सोही नगरपालिका ७ का २३ बर्षिय राज बहादुर कार्की रहेका छन । पक्राउ परेका ब्यक्तिलाई लागु औैषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (घ) ४ बमोजिम १ बर्ष देखी ३ बर्ष सम्म कैद, र ५ हजार रुपैयाँ देखी २५ हजार रुपैयाँ सम्म जरिवानाको कानूनी ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।