फेसबुकमार्फत् प्रचण्डले घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका हुन्।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको छ। मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन्।
बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थी आन्दोलनमा छन्। क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारी गरेको छ।
घटनाको विषयमा नेपाल सरकारले कूटनीतिक तबरले बुझिरहेको प्रधानमन्त्री केपी ओलीले प्रतिक्रिया दिएका छन्।
बिहानीको तारा । ५ फाल्गुन २०८१, सोमबार १७:३२