८ बैशाख २०७९ नेपालगन्ज । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार सिफारिस धमाधम भैरहेका छन पार्टी कमिटीहरु सक्रिय भएका छन । यस्तै माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवार सिफारिस तथा छनाैट प्रक्रिया पनि अगाडी बढाएकाे छ । नेपालगन्ज उप-महानगरपालिका वडा नं. १९ बाट माओवादीले महिला नेत्री मिना मल्ल लगायत २ जनालाई अध्यक्षमा सिफारिस गरेको छ । महिलालाई पहिलो प्राथमिकतामा राखेर टिकट वितरण गरे जनताले साथ दिने विश्वा मल्लको छ ।
लामो समय देखि नेकपा माओवादी केन्द्रको राजनीति गर्दै आउनु भएका नेता मल्ल नै नेकपा माओवादी केन्द्रको निर्विकल्प वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । परेका बेला पार्टीलाई साथ नदिने जनताको माझमा नजाने कार्यकर्ता भन्दा नेता मल्ललाई नै अध्यक्षको टिकट वितरण गर्नु पर्ने स्थानीयले बताउँछन् । मर्दा पर्दा जनताको साथ साथै आफुलाइ होम्ने नेता मल्ल वडा अध्यक्ष भए आफुहरु चुनावी प्रचारप्रसारमा लाग्ने १९ का महिलाहरुले बताए । वडा नं. १९ मा अध्यक्ष पद सजिलै संग जित्नका लागि मिना मल्ललाई माओवादी केन्द्रले टिकट दिन स्थानीय जनताले माग गरेका छन् । भुकम्प देखि सबै महामारीमा युवा महिला नेता मिना मल्लले जनताको सेवामा आफुलाइ होमेको स्थानिय जनाताले बताउन्छ ।
बिहानीको तारा । ८ बैशाख २०७९, बिहीबार २१:५४