
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा कुल खर्चमध्ये १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ (३०.८८ प्रतिशत) चालुतर्फ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ (६०.३२ प्रतिशत) छुट्याइएको छ। यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँ (८.८० प्रतिशत) विनियोजन गरिएको छ।
मन्त्री कार्कीका अनुसार यो बजेट समृद्ध लुम्बिनी र खुसी नागरिकको दीर्घकालीन दृष्टिकोणसहित उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न, गरिबी न्यूनीकरण र आर्थिक असमानता घटाउने उद्देश्यले तयार पारिएको हो।
बजेटमा प्राथमिकता क्षेत्रको रूपमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र सामाजिक सुरक्षालाई राखिएको छ। सरकारले बजेटमार्फत समावेशी विकास, सुशासन, संघीयता सुदृढीकरण र जनजीविकामा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



बिहानीको तारा । १ असार २०८२, आईतवार २०:३४