बाँकेमा आज भारी वर्षा

४ साउन २०७९, नेपालगंज ।  आज बिहानै देखी बाँकेमा भारी वर्षा भइरहेकाे छ । यस्तै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेकाे ढकेरी, खजुरा र नेपालगंग, बर्दियाका रम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।

नेपालगंज जलमग्न भएकाे छ  नगर भित्रका नाली सरसफाइ नहुँदा नगर क्षेत्र ढुवान परेकाे छ । यसले गर्दा स्थानियहरु लाई हिडडसल गर्न समस्या परेकाे स्थानीयहरुले गुनासाे गरे । नगरका विभिन्न भाग डुवानको संकेट देखेपछि भारीले वर्षातले कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । केही दिन अगाडी पनि छिनभरकै पानीले नगरका विभिन्न स्थानहरुमा पानी जमेर जलमग्न भएको थियो । तर अहिले सम्म उक्त पानीको निकासका लागि भने कुनै विकल्प खोजिएको छैन ।