जुम्लामा माओवादीले बुझायो एकै पटक तीनै तहका सरकारलाई माग पत्र

२७ फाल्गुन २०७९ जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले एकै पटक सवै सरकारलाई विकासका माग पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्रले यहाँका ६० वटा वडा, ८ वटा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आवश्यकता अनुकुलका विकास माग गरेको हो । माओवादीले विकासका माग पत्र पेस गरी पत्रकार भेटघाट आयोजना गरेर जानकारी गरेको छ । नेपाल पत्रकार महासंघ जुम्लाको हलमा गरिएको पत्रकार भेटघाटमा जिल्ला पार्टीले प्रदेश सरकार र केन्द्र सरकारलाई स्थानीय तहबाट आएका विकास कार्यक्रम पेस गरिएको सूचिकरण गरी जानकारी गरेको छ । जिल्ला संयोजक विरवहादुर कुँवरले प्रस्तुत गरेकोे कामको माग पत्रमा सड्क, पुल, उर्जा सिँचाइ सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, यूवा खेलकुद तथा पर्यटन, कृषि तथा पशु र आर्थिक उत्पादन बिषयमा योजना केन्द्र सरकार र प्रदेश सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत पेस गरिएको छ ।

पत्रकार भेटघाटमा माओवादी जिल्ला इन्चार्ज नरेश भण्डारीका अनुसार कर्णाली राजमार्ग, नाग्म गमगडी देखि नाक्चे लाग्ना कालोपत्रे, जुम्ला जाजरकोट, जुम्ला डोल्पा जोड्ने सड्क विस्तार तथा कालोपत्रे, विद्युत विकास वोर्डले अगाडि बढाएको १७५ मेघावाट विद्युत परियोजना अगाडी बढाईनुपर्ने, १ मेघावाटको चुकेनी जलविद्युतलाई दशैसम्म जुम्ला उज्यालो हुनेगरी अगाडि बढाईनु पर्ने माग गरिएको छ ।
निर्माण हुन नसकेको सवै टेलिफोन टावर फोरजी सहित सुचारु गरिनुपर्ने, जुम्लाबाट राष्ट्यि स्तरमा काम गर्ने पत्रकारलाई तलवी वनाईनुपर्ने, लोककल्याणकारी विज्ञापन दुर्गम केन्द्रीत, क्षमता अभिबृद्धि तालिममा जोड, पत्रकार महासंघको भवन निर्माण, कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गरिनुपर्ने माग गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको बहुबर्षिय योजना स्विकृत गरि आवश्यक बजेट व्यवस्थापन गरियोस, सिञ्जा क्षेत्रमा अस्पताल निर्माण तथा हरेक पालिकामा ५ देखी १० शैयाका अस्पताल निर्णय कार्यान्वयन गरियोस ।
उहाका अनुसार बृहत धौलीगाड खानेपानी आयोजनाको सिघ्र कार्यान्वयन गरिनुपर्ने, जुम्ला विमानस्थलको स्तरबृद्धि सहित फ्यूल सेन्टर स्थापना, विश्वकै अग्लो स्थानमा धान फल्ने क्षेत्र छुमचौर नजिकको लोटचौरमा शुरु भएको हाईल्टिच्यूट सेन्टरलाई बहुबर्षिय योजना माग गरिएको छ ।
राजासिममा रंगशालाको क्षमता अभिबृद्धि गरि अगाडि बढाईयोस, ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिर, डुडुल चैत्यको स्तरउन्नति, सिञ्जा सभ्यता विधेयक पारित गरिनुपर्ने, चौरी तथा भेडा पालनको व्यवसायीकर (कार्यक्रम, केन्द्र सरकारबाट गोठालो भत्ता कार्यक्रम ल्याईयोस भन्नेछ माग छन् ।

यसैगरी मागपत्रमा जुम्लालाई भाषिक तथा सास्कृतिक राजधानी घोषणा गरिनुपर्ने, गणतन्त्र प्राप्तिका लागि घाईते भएकालाई गणतन्त्र सेनानी घोषणा गरिनुपर्ने, पातारासी र तिलामा नुन र खाद्य तथा नूनको डिपोको पहल गरिनुपर्ने , जुम्लाका कृषि र वागवानी अनुसन्धान केन्द्रमा आवश्यक स्रोत, वजेट र जनशक्तिको व्यवस्था गरिनुपर्ने माग राखिएको छ । सिंजा क्षेत्रको खिच्चनेमा विशेष आर्थिक क्षेत्रको कार्यान्वयन गरिनुपर्ने, पातारासीको खालीमा जडिवुटि केन्द्रको स्थापना गरिनुपने सहित विभिन्न मागहरु रहेका छन् । यसैगरी ३३ केभीको राष्ट्यि प्रशारणलाईन सिघ्र कार्यान्वयन गरिनुपर्ने लगायतका दर्जनौ माग पेश गरिएका छन् ।

पत्रकार भेटघाटमा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्र्ज भण्डारीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको विकास र समृद्धिका कार्यक्रमको योजना तथा माग वैंक तयार पारिएको छ । यसमा जिल्लाका अन्य राजनैतिक दल सहित सरोकारवाला निकाय सँगको सूझाव संकलन गरिनेछ । उहाँका अनुसार आज एकै दिन जुम्लाका ६० वडा, ८ स्थानीय तहमा पनि विकासका माग पेस गरिएका छन् ।