गर्मीका कारण नेपालगन्जका बिद्यालयहरु तीन दिन विदा हुने

१९ जेष्ठ २०८० नेपालगंज ।  नेपालगंजमा अत्याधिक गर्मीका कारण  बिद्यालयहरु तीन दिनका लागि विदा हुने भएका छन् । नेपालगन्ज उप-महानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले बिहिवार एक सुचना जारी गर्दै उक्त कुराको जानकारी गराएको छ ।  सो सुचनामा नेपालगन्ज भित्र रहेका सम्पुर्ण संस्थागत तथा सामुदायिक  बिद्यालयहरु (मदरसा समेत) लाई तीन दिन अनिवार्य बिद्यालय विदा गर्न भनिएको छ ।

नेपालगन्जमा हाल अत्यधिक गर्मी बढेका कारण आगामी २१ गते आइतबारदेखि २३ गते मंगलबार सम्मका लागि तीन दिन सम्पुर्ण बिद्यालय विदा गर्न अनुरोध गरिएको हो ।

सुचना सहित