
बिद्यार्थी आन्दोलनको बिराशत बर्तमान अवस्थामा विद्यार्थी आन्दोलनले त्यसको ओज, गरिमा कायम गर्न नसक्नु र बिद्यार्थी आन्दोलनका मुद्दा छोड्नु, अध्ययन नगर्नु, नेतृत्वको चाकडी गर्नु जस्ता थुप्रै समस्याले गर्दा आफ्नो गन्तव्य र दिशाबिहीनको अवस्थामा पुग्नुले आन्दोलन प्रति नयाँ पुस्ता वा बिद्यार्थी आन्दोलनमा बिद्यार्थीहरुको आकर्षण नदेखिनु पनि राजनीति प्रतिको बितृष्णा हो । यसैले बिद्यार्थी आन्दोलनमा देखा परेका समस्या र चुनौतीलाई निम्नुसार हेर्न सकिन्छ ।
राजनीतिक दलको अत्यधिक हस्तक्षेपः सबै राजनीतिक पार्टीहरुमा विद्यार्थी संगठनहरू प्रायः कुनै न कुनै राजनीतिक दलको प्रत्यक्ष नियन्त्रणमा छन् । दलको हितलाई विद्यार्थीको हक हितभन्दा प्राथमिकता दिनु, आन्दोलनको मूल उद्देश्य कमजोर बनाउनुले पनि बिद्यार्थी आन्दोलनमा समस्या र बिचलन आउनु हो ।
शैक्षिक मुद्दाबाट विचलनः आन्दोलनको मूल विषय शिक्षाको गुणस्तर, शुल्क नियन्त्रण, शैक्षिक सुधार भन्दा पनि दलगत एजेन्डा प्रमुख बन्नु। विद्यार्थी मुद्दा भन्दा बढी सत्ता संघर्षको हतियारको रूपमा प्रयोग हुनु शैक्षिक एजेण्डा छोड्नु र आफु नेतृत्वमा जान माउ पार्टीको चाकडी गर्नु पनि आन्दोलनमा बिचलन आएको देखिन्छ।
नेतृत्वको दीर्घकालीन कब्जाः एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा बसिरहनु र समय मै सम्मेलन नहुनुनियमित बिद्यार्थीको संगठन बन्न नसक्नु त्यस्तै नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसर नदिनु। पदमा टाँसिने प्रवृत्तिले आन्दोलनमा ऊर्जा र नयाँ विचारको कमी हुनु ।
हिंसा र तोडफोडको प्रवृत्तिः बिद्यार्थी आन्दोलन रचनात्मक र श्रृजनशिल हुनु पर्ने हो सो नहुनु, शैक्षिक बहस नहुनु स्पष्ट बिद्यार्थी संगठनका एजेण्डा नहुनु र शान्तिपूर्ण र संवादमुखी उपायभन्दा हिंसात्मक गतिविधि बढी हुनु। यसले विद्यार्थी आन्दोलनप्रति जनसमर्थन घटाउनु मात्र होइन, बदनाम पनि भैइरहेको छ।
संगठनात्मक कमजोरीः स्पष्ट दीर्घकालीन योजना र एजेन्डाको अभाव हुनु, आन्दोलनलाई निरन्तर र संगठित रूपमा अघि बढाउने प्रणालीगत संरचना कमजोर हुनु भएका कारण आन्दोलन कमजोर भएको देखिन्छ।
सामाजिक सञ्जालको सतही प्रयोगः फेसबुक, टिकटक जस्ता प्लेटफर्ममा लोकप्रियता कमाउने तर वास्तविक परिणाम नल्याउने ‘स्लोगन केन्द्रित’ गतिविधि, गहिरो अध्ययन, अनुसन्धान, तथ्याधारित बहसको कमी हुनु र सामाजिक सञ्जालको दुरुपोग बढी हुनु बहसको प्लेटफम नबनाउनु र एआई को प्रयोग गर्न नजान्नु र पुरानै ढाँचामा चल्नुले समस्या संगठन चल्न नसक्नु हो ।
विद्यार्थीहरूको घट्दो सहभागिताः धेरै विद्यार्थीहरू दलगत राजनीतिबाट मोहभंग भएर आन्दोलनबाट टाढा हुनु।शैक्षिक व्यस्तता, जागिर खोज्ने दबाब, र विदेश पलायनको कारण सक्रियता घट्नु।
विश्वसनीयता संकटः चन्दा आतङ्क, गुड्डागर्दी, भ्रष्टाचार, आर्थिक अपारदर्शिता, व्यक्तिगत स्वार्थको आरोपले आन्दोलनको नैतिक हैसियत कमजोर भएको छ ।
निष्कर्षः
विद्यार्थी आन्दोलनलाई पुनः सशक्त बनाउन स्वतन्त्रता, पारदर्शिता, शैक्षिक प्रतिबद्धता र नयाँ पुस्ताको सहभागिता अपरिहार्य छ। योजनाबद्ध सुधारमार्फत मात्र यसले आफ्नो पुरानो गौरव पुनः प्राप्त गर्न सक्छ। विद्यार्थी आन्दोलन केवल राजनीतिक प्रशिक्षणको केन्द्र होइन, समाज र राष्ट्रको भविष्य निर्माण गर्ने आधारस्तम्भ हो । यसको पुनर्जागरणको मार्ग स्पष्ट छ, स्वतन्त्रता, पारदर्शिता, शैक्षिक मुद्दामा प्रतिबद्धता, र नयाँ पुस्ताको सहभागिता। यदि आजैबाट योजनाबद्ध, अनुशासित र जनमुखी कदम चाल्न सकियो भने, भोलि विद्यार्थी आन्दोलन फेरि देशको परिवर्तनको अग्रपङ्तिमा देखिनेछ, जसको आवाज सुन्न राष्ट्र बाध्य हुनेछ।



उपेन्द्र आचार्य । २६ श्रावण २०८२, सोमबार १४:५९