नेकपा(माओवादी केन्द्र )राप्ती सोनारी गाउँपालिकाले २७ औं जनयुद्ध दिवस भब्य रुपमा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )ले २७औं जनयुद्ध दिवसको अवसरमा देशीभर बिभिन्न कार्यक्रम गरी भब्य रुपमा सम्पन्न गरेकाे छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) राप्ती सोनारी गाउँपालिकाले २७ औं जनयुद्ध दिवस राप्ती सोनारि वार्ड नं ६ को बाँके सहिद स्मृति पार्क संरक्षण केन्द्र प्राङ्गणमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका भरिका ६८ जना सहिद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर अभिनन्दन गर्देै खेलकुद मन्त्री माननीय महेश्वर गहतराज अथकले सहिदकाे सपना साकार पार्नु र हामीले ल्याएकाे ब्यवस्था बिरुद्ध धेरै सणयन्त्र भैरहेकाे छ । परिवर्तन उल्ट्याउन चहलखेल भैरहेकाे छ ।

कार्यक्रमकाे प्रमुख अथिती नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज अथक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रिय अनुशासन आयोग सचिब अशोक रोकाय संकल्प ,लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्णा केसि नमुना , पार्टीका लुम्बिनी प्रदेश सदस्य क.सब्बिर खाँ लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । जनयुद्ध दिवसकै अवसरमा ७७ जना युबाहरुले रक्तदान गर्नुभएको थियो । कार्यक्रमकको अध्यक्षता पार्टी अध्यक्ष चिम बहादुर घर्ती (निर्मल),संचालन पार्टी सचिब सुर्य प्रकाश घर्ती मगर र स्वागत मनतब्य उपाध्यक्ष जनक बहादुर थारुले गर्नुभएको थियो । सो कार्यक्रममा थारु साँस्कृतिक नृत्य ,जनबादी गित र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहिद तथा बेपत्ता परिवारजन सङग अन्तरकृया गरि गाउँपालिका स्तरीय सहिद तथा बेपत्ता परिवार १५ सदस्यीय समिती निर्माण समेत गरेको छ । उक्त समितिमा अध्यक्ष ठग्गु प्रसाद पोखरेल ,उपाध्यक्ष मन बहादुर घर्ती ,सचिब पल बहादुर ओलि,सह-सचिब पुजा कुमाल र कोषअध्यक्ष उमेश मौर्य चयन भएको पार्टी सचिब सुर्य प्रकाश घर्तिले जानकारी दिनुभयो ।