बाँकेका आठ पालिकामध्ये सबै भन्दा कम बेरुजु खजुरा गाउँपालिका बढी बैजनाथ


बाँके । बाँके जिल्लाका आठ पालिकामध्ये आर्थिक वर्ष २०८०/८१ मा बेरुजु प्रतिशतका आधारमा सबैभन्दा कम बेरुजु खजुरा गाउँपालिका देखिएको छ ।

खजुरा गाउँपालिकाको जम्मा १.५० प्रतिशत बेरुजु मात्रै देखाएको छ भने जिल्लामा सबै भन्दा बढि बैजनाथ गाउँपालिकाको ३.३४ प्रतिशत देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा बाँके जिल्लाकै बढी बेरुजु भएको पालिका बैजनाथा गाउँपालिका भएको उल्लेख गरिएको छ ।

बाँके जिल्लाका पालिकाहरूको बेरुजु विवरण यसरी देखेको छ । खजुरा गाउँपालिका १.५० प्रतिशत, कोहलपुर नगरपालिका १.६६ प्रतिशत, राप्ती सोनारी गाउँपालिका २.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिका २.२९ प्रतिशत, डुडुवा गाउँपालिका २.७२प्रतिशत, जानकी गाउँपालिका – २.८६ प्रतिशत, नरैनापुर गाउँपालिका ३.०२प्रतिशत
र बैजनाथ गाउँपालिका ३.३४प्रतिशत

यस्तै बेरुजुलाई शुन्यमा ल्याउन पालिकाका सबै कर्मचारी, जनप्रतिनिधिको मुख्य भुमिका र पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सशक्त भूमिकाले बेरुजु कम गर्न सफल भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. ले बताउनु भयो ।

खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनारले बेरुजुलाई शुन्यमा झारेर बेरुजु रहित पालिका बनाउन हामी लागिरहेको छौं, बेरुजु शुन्यमा झार्न सफल हुन्छौ भन्ने बिश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरु र कर्मचारीहरुको ठुलो सहयोगले पालिकाको बेरुजु कम गर्न सफल भएको बताउँदै आउने आर्थिक बर्षमा बेरुजु शुन्यमा झार्न कोसिस गरिने बताउनुभयो ।