नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान मर्मत सम्भारपछि सञ्चालनमा

काठमाडौँ । नेपाल वायु सेवा निगमका दुई वटा ट्वीन अटर विमान नियमित सञ्चालनमा आएका छन् । निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मर्मत सम्भार एवं दुई वटै नयाँ इन्जिन परिवर्तन गरेर नियमित उडान तालिका अनुसार विमानहरू सञ्चालनमा आएका हुन् ।

‘आन्तरिक उडान सञ्चालनका लागी निगमका दुई वटै ट्वीन अटर विमानहरु (9N-ABU र 9N-ABT) पूर्ण रुपले सञ्चालनमा आएको हुँदा उक्त विमानहरु आन्तरिक उडान सेवामा सक्रिय रूपमा परिचालन हुँदा निगमको उद्धेश्य अनुरुप दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा बृद्धि हुने विश्वास लिदै आगामी दिनहरूमा पनि विगतमा भै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान संचालन गर्न निगम सदैव प्रतिबद्ध छ,’निगमद्धारा जारी सूचनामा भनिएको छ ।

निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड थिए ।