आन्तरिक छलफलमा देउवाले भने– सिट बाँडफाँटमा हामी लचिलो हौँ, अरुलाई पनि भनौँ

काठमाडौँ, १ माघप्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड–१९ नियन्त्रणका लागि सरकारका तर्फबाट प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ , सचिव योगेश भट्टराई सहितको टोलीले ज्ञापनपत्र बुझाउँदै । तस्वीर ः रोशन सापकोटा, रासस

१९ भदौ २०७९ काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर यस्तो निर्देशन दिएको प्रवक्ता डा.प्रकाशशरण महतले रातोपाटीलाई बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता महत नेता ज्ञानेन्द्र कार्की लगायत उपस्थित थिए ।

महतका अनुसार भोलि बस्ने गठबन्धन कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुन देउवाको निर्देशन थियो । देउवाको भनाइ उदृत गर्दै महतले भने, ‘मोटामोटी कति फेग्जिबल हुने भन्ने छ । गठबन्धनको नेतृत्वकर्ता हो हामी । हामी फेग्जिबल हुनुपर्छ । अरु दललाई पनि फेग्जिबल हुन आग्रह गर्नुपर्छ।’ गठबन्धन तलमाथि नहुनेगरी सिट बाँडफाँटको वर्कआउट गर्न पनि देउवाको निर्देशन थियो । गठबन्धनमा रहेका दल जित्ने ठाउँमा काँग्रेस दाबी नगर्न देउवाले भने ।

‘गठबन्धनले चुनाव जित्ने गरि सिट बाँडफाँट गरौँ । उनीहरू चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौँ’, देउवाको भनाइ थियो । गठबन्धनमा काँग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेको छ ।

यसमा सबै दल लचिलो भएर सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलमा छलफल भइरहेको छ । काँग्रेसले ८५–९०, माओवादीले ४५–५०, जसपा र लोसपाले १२१५ सिटमा लचिलो हुने सम्भावना रहेको कार्यदलमा रहेका नेताहरू बताउँछन् ।