नेपालगंज । नेपालगंजबाट अबैध हतियार सहित चार जना व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सार्वजनिक स्थलमा हुलहुज्जत गर्ने र गोली फायर गर्ने चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु नेपालगंजको नमस्ते दोहरीबाट बाहिर निस्की नेपालगंज उपमहानगरपिलका वडा नं. १८ स्थित बिशालनगर चोकमा संचालन भैरहेको नाईट क्रिकेट प्रतियोगितामा हुलहुज्जत गर्दै खुकुरी देखाएर उपस्थित भएका दर्शकहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट गोली फायर गरी भागेका व्यक्तिहरुलाई कोहलपुर हाई स्कुलबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी दिपक पातलीले जानकारी दिनुभयो ।
त्यस्तै पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षिया बिश्व बिजय पोखरेल सोही ठाउँ बस्ने ३० बर्षिय बिशाल अउजी, वडा नम्बर ४ बस्ने २१ बर्षिय अस्मित मल्ल, २० बर्षिय सौगात श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक पातलीले बताउनुभयो ।
बिहानीको तारा । १४ बैशाख २०८२, आईतवार २१:०८