१५ वटा गाउँपालिकाले ल्याउन सकेनन्

बाँके। १५ वटा स्थानीय तहहरु (गाउँपालिका) ले मंगलबार बजेट नल्याएको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्नेमा देशभरका १५ वटा गाउँपालिकाहरुले समयमै बजेट ल्याउन नसकेका गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले रातोपाटीलाई बताए ।

उनका अनुसार सबैभन्दा बढी मधेस प्रदेशका ९ वटा गाउँपालिकाहरुले आज बजेट ल्याएनन् । यस्तै बागमती प्रदेशको एक, गण्डीकी प्रदेशका दुई,लुम्बिनी प्रदेशका दुई तथा कर्णाली प्रदेशको एक स्थानीय तहले आज बजेट ल्याउन सकेनन् ।

कोशी र सुदूरपश्चिम प्रदेशमा भने सबै स्थानीय तहले बजेट ल्याएका छन् ।