बाँके । नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको “जनतासँग माओवादी-तराई मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान”को पूर्वको झापाबाट सुरु गरेको अभियान पश्चिमको महेन्द्रनगर कन्चनपुर पुगेर समापन गरिने छ ।
यस्तै अभियानको मिति परिमार्जन भएको छ । बाँकेमा चैत्र ४ गते निर्धारण गरिएकोमा परिमार्जन गरी चैत्र ७ गते बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुर स्थित सहिद पार्कमा बृहत जागरण सभा हुने बाँके नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेको कोहलपुरको सहिद स्मृति भवनमा बिहिबार बसेको बिस्तारित बैठकले ‘जनतासँग माओवादी’-तराई मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानलाई भब्यताका साथ सम्पन्न गर्न सबै तहका कमिटीलाई निर्देशन गरको छ ।’
उक्त अभियान बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर १ कुसुम बाट जनभेटघाट हुदै राप्तीसोनारीको फत्तेपुरमा बृहत जनसभा हुने र उक्त जनसभामा १० हजार बढी नेता, कार्याकर्ता, शुभचिन्तक उपस्थिति हुने बताइएको छ । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने छन ।
अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन् । टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन् । केन्द्र प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन् ।
अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुऱ्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेर ‘जनतासँग माओवादी’-तराई मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान संचालन गरेको बताइएको छ ।
अभियान मार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीय स्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्व बिच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको छ ।
सन्तोष कुमार बिष्ट । १८ फाल्गुन २०८१, आईतवार २०:५२