नेपालगन्ज । हावाहुरीका कारण नेपालगन्ज विमानस्थलको टर्मिनल भवनका सिसा फुटेका छ । आज दिउँसो आएको हावाहुरीले टर्मिनलभित्र जाने ढोकाको सिसा फुटेको विमानस्थल सुरक्षा गार्डका वरिष्ठ सई सन्तोष शाहले जानकारी दिए ।
यसबाट मानवीय क्षति भने भएको छैन । ‘टर्मिनलको एउटा ढोकाको सिसा फुटेको छ,’ उनले भने, ‘ठूलो क्षति होइन सामान्य हो ।’ उनका अनुसार हावाहुरी लाग्दा एक छिन उडान प्रभावित भएको थियो । अहिले नियमित उडान भइरहेको छ ।
बिहानीको तारा । ७ चैत्र २०८०, बुधबार १५:३१