माओवादीले दामोदर आचार्यको सपना पुरागर्नु पर्छ : प्रचण्ड


१७ चैत्र २०७८ नेपालगंज । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य तथा उद्याेग बाणिज्य संघका पुर्व केन्द्रिय सदस्य दामाेदर आचार्यकाे श्रद्धान्जली सभा लाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनको माध्यमबाट माओवादीले दामोदर आचार्यको सपना पुरागर्ने बताएका हुन। स्वर्गीय आचार्यकि पत्नी पार्वताको अभिव्यक्ति र योग्यताले दामोदर आचार्यको उत्तराधिकारीकारुपमा आफुले बुझेको बताएका छन् । सभामा आचार्य पत्नी पार्वताले दामोदर आचार्यको सपना साकार पार्न आफु र आफ्नो परिवार नेपालगन्जबासीसंग एकाकार भएर अगाडी बढ्न चाहेको बताएकी थिईन् । त्यस लगत्तै अध्यक्ष प्रचण्डले पार्वतामा उत्ताधिकारी बन्न सक्ने क्षेमता आफुले देखेको भन्दै त्यसलाई पार्टी र आफुले सघाउने घोषणा गरे । ‘पार्वताले आँट्नु भयो भने, उहाँ उत्तराधिकारी बन्न सक्नु हुन्छ भन्ने लाग्यो,’ प्रचण्डले भने, -‘पार्टी तपाईको साथमा छ ।’ निर्वाचनको माध्यमबाट माओवादीले दामोदर आचार्यको सपना पुरा गर्ने समेत बताए ।

प्रचण्डले दामोदर आचार्य व्यवसायी नेता मात्र नभएर भिजन भएका नेता रहेको बताउँदै आफुले समेत आचार्यलाई राम्रोसँग चिन्न नसकेको स्विकार गरे । उनले आचार्यलाई मरणोपरान्त केन्द्रीय सदस्यमा मनोनयन गर्ने बताउँदै नेपालगन्जबासीले गुमाएको अभिभाकत्व माओवादीले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले दामोदरका राम्रो गुण सिक्नु नै दामाेदर प्रति सच्चा श्रद्धान्जली हुने बताए । कार्यक्रममा माओवादी प्रवक्ता कृष्ण बहादुर महरा, पूर्व स्थायी समिति सदस्य लिलामणी पोखरेल लगायतले बोलेका थिए ।