बाँकेको कोहलपुरमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको घटना स्थलमै मृत्यु 

२३ फाल्गुन २०७८ काेहलपुर । कोहलपुरमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ  । कोहलपुरको चौराहा देखी अगाडी सुर्खेत रोडको सालको बुटा नजिकै भे१०प ७१२१ नम्बरको मोटरसाइकल र भे१ह ६२२५ नम्बरको अटो रिक्सा एकआपसमा ठोक्किदा मोटरसाइकलको पछाडि बसेका सवार बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीका २८ वर्षीय विष्णु रावलको मृत्यु भएको हो।

कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार, कोहलपुरबाट चिसापानी जाँदै गरेको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको अटो रिक्सा मोड्ने क्रममा दुर्घटना भएको हो । मोटरसाइकल चालक मानबहादुर बुढा गम्भीर घाइते भइ उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । प्रहरीले अहिले अटो चालकलाई नियन्त्रण लिइसकेको र थप अनुसन्धान गरिरहेकाे जनाइएको छ ।