
बाँके । नेकपा (एमाले) निकट कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी सङ्गठन बाँकेको अध्यक्षमा देवीलाल चौलागाई निर्वाचित भएका छन । बाँकेको नेपालगञ्जमा सम्पन्न ११ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
सङ्गठनको उपाध्यक्षद्वयमा थानेश्वर न्यौपाने र पुष्पा केसी, सचिव पदमा तेजेन्द्र रोकाय, सह–सचिवमा गणेश बहादुर खड्का, र कोषाध्यक्षमा सदन भण्डारी रहनुभएको छ । समिति सदस्यहरूमा शर्मिला सुवेदी, रञ्जना घर्ती, सुशीला न्यौपाने , वसुन्धरा ज्ञवाली, राम कुमार पाठक, धर्म भण्डारी, कृष्ण बहादुर खडका, जीवन रावत, प्रकाश खडका, ओम बहादुर शाही, मेघराज बराल र राम बहादुर थापा रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा हरि बहादुर खत्री, बसन्त कुमार थापा, केसर कुमार चपाइ, घनश्याम केसी, दुर्गा महतलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मीकान्त मिश्र, नन्दा नेपाली र प्रतीक मल्ललाई छनौट भएको जिल्ला जिल्ला सचीव तेजेन्द्र रोकायले जानकारी दिए ।



सन्तोष कुमार बिष्ट । १३ माघ २०८१, आईतवार १७:११