खजुरा गाउँपालिका बिकास र जनता प्रति उत्तरदायी बन्दै

११ असार २०८० खजुरा । खजुरा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । १०१.९१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन् । यस गाउँपालिकामा ८ वडा वडा रहेका छन ।

स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनबाट डम्बर बहादुर बि.क. तुफानको नेतृत्वमा खजुरा गाउँपालिका संचालनमा रहेको छ । तुफान जनयुद्धको कमाण्डर उत्पिडित बर्ग समुदायको आशा आम जनसमुदायको भरोषा तुफानमा खजुराबासीले सपना देखेका छन । त्यो सपना साकार पार्न तुफानले आवश्यक कामकार्वाही गर्दै आएका छन ।

सम्वृद्धि खजुरा, हरिद खजुरा बनाउन खजुरा गाउँपिलकाले आफ्ना कार्य योजना बनाउने र आम जनसमुदायमा यस बारे उत्तरदायी बनाउने, जनतालाई सक्षम बनाउने योजना रहेको अध्यक्ष तुफान बताउन्छन । पालिका लाई समाजवादी मोडलमा बिकास गरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने छ । त्यसको लागि आवश्यक कार्य योजना बनाएर अघाडी बढ्न सकिन्छ । पालिकामा भौतिकभूर्वाधार बिकास भएको छ । पालिकालाई सबै ठाउँमा सडक संजालसँग जोड्ने र बिग्रिएको सडक स्तरउन्नती गरी जनता लाई सडक संजालसँग सहज बनाउन सकिन्छ कि भन्नेछ । कृषिलाई आधुनिकिरण गरी कृषकहरुलाई कृषि सम्बन्धि पालिका स्तरीय तालिमको व्यवस्था गरी आधुनिक कृषिकार्य कार्यक्रम लागु गर्न सकिन्छ । कृषकलाई तालिमको ब्यवस्था गर्ने, कृषकलाई कृषि सम्बन्धी दक्ष बनाउने र दृगकालिक कार्ययोजना बनाएर अघाडी बढ्ने योजना बनाएका छौ अब कार्यन्वय गर्छौ अध्यक्ष तुफान बताए ।

खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रमा समेत उल्लेखनीय काम गरिरहेको छ । बिद्यलयमा पुस्ताकालय देखी बिद्यर्थीहरु लाई बिभिन्न सिपमुलक तथा सिकाईका समाग्रीको माध्यमबाट बिद्यर्थीलाई अध्यापन गराउने गरेको छ । गाउँपालिकाले बिद्यार्थीहरु लाई प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छ र प्राविधिक शिक्षामा जोड दिदै आएको गाउँपालिका उपाध्याक्ष मन्जु मल्लले बताईन । गाउँपालिकाले रहिमत जहाँ खाँ लाई एमबिबिएस अध्यायन गर्नका लागि आर्थिक सहयोग गर्ने उपाध्याक्ष मल्ले बताइन ।

खजुरा गाउँपालिकाले श्रम स्वीकृत दिने जिल्लाको पहिलो गाउँपालिका भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए । सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जानेलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको हो । खजुरा गाउँपालिकाले त्यस्तै कुनैपनि वैदेशिक रोजगारमा अलपत्र परेका, दुर्घटना परेर अङ्गभङ्ग भएका, मृत्यु भएका व्यक्तिहरुलाई पालिकाबाट सहजिकरण तथा सेवा प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका जनता सँग प्रत्यक्ष जोडी जनताका समस्या समाधान गर्न तथा सहजरुपमा सेवा दिन तत्पर रहेको अध्यक्ष तुफानले बताउनुभयो ।

स्थानीय मदन सुनारका अनुसार अहिले गाउँपालिकामा कामकाज गर्न सझिलो हुने गरेको र समयमै आवश्यक प्रक्रिया पुर्याएमा काम तुरुतै हुने गरेको बताउन्छन । जनताको कामलाई सहज बनाउन र जनताले नै जनताका काम गर्न पठाएको हुनाले जनता प्रति जनप्रतिनिधि उत्तरदायी भएको समेत बताए ।

शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, भौतिक पुर्वाधार, कृषि सम्बन्धी, पशुसेवा, राजस्व र बित्तीय ब्यवस्थापन सम्बधित नीति तथा कार्यक्रम, कृषि तथा पर्यटन सम्बन्धी, खानेपानी तथा सरसफाइ, बन बाताबरण तथा बिपद ब्यवस्थापन, उद्योग, व्यापार, घरेलु तथा साना उद्योगका सम्बन्धमा, सहकारी, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण निति, सामाजिक सुरक्षा, गरुबी निवारण तथा रोजगार, भुमिनिती तथा भुमिहिनको ब्यवस्थापनको सम्बन्धमा, गौरसरकारी संस्था र समन्वय तथा सहकार्य गर्ने अध्यक्ष तुफानले बताउनुभयो ।