
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बिषयलाई लिएर भ्रमपूर्ण प्रचारबाजी नगर्न नेकपा एमाले लाई आग्रह गरेका छन ।
माघ १० गते पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खजुरा बहुउद्देश्यीय सभाहलको उद्घाटन गरेका थिए । त्यसको भोलि पल्ट नेकपा एमालेले एक बिज्ञप्ति जारी गर्दै सभाहलको नाम मदन भण्डारी बहुउद्देश्यीय सभा ‘गृह’ राख्ने माग गरिएको थियो । सभा गृहको पालिकाको आन्तरिक स्रोतबाट निर्माण गर्ने भनी निबर्तमान अध्यक्ष किस्मत कुमार कक्षपती ले उक्त सभा गृहको नाम मदन भण्डारी सभा गृह राख्ने भनी निर्णय गरेको भन्दै भ्रम फैलाइएको पाएको छ । आज गाउँपालिका अध्यक्ष तुफानले सामाजिक सन्जालमा सबै प्रमाण सार्वजनिक गर्दै नेकपा एमालेले गैरराजनीति चरीत्र प्रदर्शन गरेको प्रष्ट देखिन्छ ।
हामी ऐन कानुन बमोजिम कार्य गर्दै खजुराको नामबाटै नामकरण गरिएकोले जहिले पनि भ्रमको खेती गरि जनतालाई नझुक्याउन र राजनीति चरीत्र निर्मान गर्न आग्रह गरे ।

यस्तै सभाहलको ठेक्का आव्हान गर्दा , ठेक्का सम्झौता गर्दा देखि पटक पटक म्याद थप गर्दा समेत बहुउद्देश्यीय सभाहल बाहेक अन्य कुनै नाम गाउँपालिकाको अभिलेखमा नरहेको समेत जानकारी दिए ।

२०७६ बैशाख १७ गते ठेक्का आह्वान गर्दा बहुउद्देश्यीय सभा हल भनेर नामकरण गरेको, २०७६ बैशाख २४ गते ठेक्का सम्झौताको आशय सूचनामा बहुउद्देश्यीय सभा हल नै भनेर नामकरण गरिएको देखिन्छ ।
२०७७ / ७८ को सतौँ गाउँ सभा मा थप बजेट सुनिश्चित गर्दा २०७७ असार २५ गते पास हुँदा समेत खजुरा बहुउद्देश्यीय सभा हल निर्माण भनी बजेट बिनियोजन भएको गाउँपालिकाको अभिलेखमा रहेको उनले बताए ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले खजुराको पहिचान हुने गरि खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिएको भन्दै तथ्यहीन र विरोधका लागी विरोध नगर्न आग्रह समेत गरेका छन ।
उक्त खजुरा बहुउद्देश्यीय सभाको हलको योजना र शिलान्यास तत्कालीन गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतीको कार्यकालमा भयको थियो भने निर्माण अमर कन्स्ट्रक्सनले सम्पन्न गरेको हाे ।
हाल सामाजिक संजाल प्रयोगकर्ता धेरैको प्रतिक्रियापनि कुनै एक ब्याक्तीको नाम भन्दा खजुरा बहुउद्देश्यीय सभा हल उपयुक्त र सान्दर्भिक हुने र खजुराको परिचय दिने र अस्तित्वको भयको बताउन्छन ।



बिहानीको तारा । १२ माघ २०८१, शनिबार २२:४२