
नेपालगंज । नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार अवैध भएको बताएका छन । बाँकेको खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै सरकार निर्माण प्रक्रियामै संविधान मिचेर सरकार गठन गरिएको र आफु बिश्वासको मतमा फेल भैसकेपछी धारा तिनको सरकार बन्नु पर्नेमा पुन धारा दुईको सरकार बन्नुनै अबैध भएको बताएका छन ।
‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । यहि माघ १८ गतेबाट संसदमा फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । माओवादी कहिले एमाले कहिले काँग्रेससँग समिकरण गरी आफ्नै अस्तित्व समाप्त गर्दै त छैन भन्ने आममानसमा भ्रम थियो पनि हामी कही न कहीँ चुक्यौं पनि अव हामी सच्चीएका छौ’, उनले भने ।
सामाजिक न्याय र सुशासनको पक्षमा मेरो नेतृत्वको सरकार निर्मम भएकै कारण सरकारबाट बाहिरिनु परेको र अब भ्रष्टाचारीसँग समीकरण गरिँदैन’, उनले भने ।
कार्यक्रममा केपी ओली नेतृत्वको गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाए ।
प्रचण्डले बिभिन्न पार्टी परित्यग गर्ने तिन सय जनालाई पार्टीमा प्रवेश गराएका छन । पार्टी प्रवेशको जनलहर चलेको देख्दा माओवादीलाई २०६४ को जस्तै बहुमत दिनोस् अझ पढि भ्रष्टचार र सामाजिक न्यायको पक्षमा अझ निर्मम बन्ने बताए ।
यस्तै प्रचण्डले खजुरा ३ स्थित जनता नमुना माविमा निर्माण भएको स्मारकको उद्घाटन गर्नुका साथै खजुराको धौलागिरीमा सहिद डम्बर रानाभाटको घरमा सहिद परिवारका सदस्यसँग भेटघाट गरेका थिए ।



सन्तोष कुमार बिष्ट । १० माघ २०८१, बिहीबार १९:१५