चितवन राइनोजमाथि कर्णाली याक्सको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । जारी एनपीएलमा कर्णाली याक्सको यो पहिलो जित हो भने चितवन राइनोजको पहिलो हार । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली याक्सले भने १९।५ ओभरमा चार विकेट गुमाएर एक सय ३२ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । कर्णाली याक्सका लागि प्रभावशाली ब्याट्सम्यान शिखर भवनले ४५ रनको योगदान गरे ।