खजुरा गाउँपालिकाले बिहीबार मोहम्मद-डे अवसरमा स्थानिय सार्वजनिक बिदा दिने

१० असाेज २०८० नेपालगंज । बाँके  खजुरा गाउँपालिकाले बिहिबार मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहम्मद-डे को अवसरमा गाउँपालिकाले मातहतका स्वास्थ्य संस्थाको बर्थीङ्ग सेन्टर बाहेक शैक्षिक संस्था, बिषयगत कार्यालय र वडा कार्यालयहरुमा भोली बिहिवार स्थानीय सार्वजनिक बिदा दिने गाउँपालिकाको आज बसेको बैठकको निर्णय अनुसार गाउँपालिकामा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क ले गरेकाे हस्ताक्षर बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।