नेपालगन्ज र खजुराका विद्यालय ५ दिन गर्मी विदा

२६ जेठ २०७९ नेपालगंज । नेपालगन्ज र खजुराले सबै विद्यालयमा गर्मी विदा दिएका छन् । बाँकेको खजुरा गाउँपालिकाले पनि सबै विद्यालयहरुमा गर्मी विदा दिएको छ ।

गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्र बहादुर मल्लले बताउनुभयो। पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष भने खुला राख्न भनिएको छ । नेपालगञ्ज उपमहानगरापालिकामा पनि जेठ २७ देखि ३१ सम्म विदा दिइएको छ ।