नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियन द्धारा मन्त्री आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी लाई धन्यवाद ज्ञापन

२७ फागुन २०७८ काठमाण्डाै‌ं ।नेपाल वायुसेवा निगमले साउदी अरेबियाको General Authority Of Civil Aviation (GACA)ले  साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमले उडान अनुमति प्राप्त गरेको थियाे ।

साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने अनुमति पाएकाेमा नेपाल वायुसेवा निगमले साउदी अरेबियामा आफ्नो व्यवसायीक उडान गराउन दिनरात नभनी निरन्तर आफ्नो लक्ष्यमा पुग्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोले नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गाेपाल सि‌ंह र महासचिव कृष्ण प्रसाद बजगाइ द्वारा हस्ताक्षर गरि निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी लाई धन्यवाद तथा बधाइ दिएको छ। आगामी दिनहमा संस्थागत सुधार र कर्मचारीहरुकाे मनाेवृत्ती बिकासका लागि उच्च मनाेबलका साथ कार्य सम्पादन गर्नहुन अनुराेध समेत गरीएकाे छ ।

धन्यवाद ज्ञापन सहित