काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध कडा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीलाई तुरुन्तै पदत्याग गर्न माग गरेका छन्।
थापाले सोमबार बिहान आफ्नो फेसबुक पेजमार्फत लेख्दै निर्दोष युवाहरूको मृत्यु भएको घटनापछि आफू रातभर सुत्न नसकेको बताएका छन्। उनले भने, “अबोध युवाहरू अनाहकमै मारिएका छन्, त्यो दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।”
उनले नेपाली कांग्रेस अब यस्तो परिस्थितिमा थप साक्षी र साझेदारको रूपमा रहन नसक्ने स्पष्ट पारेका छन्। उनले सरकारबाट तत्काल कांग्रेसलाई फिर्ता हुनुपर्ने आवश्यकता औंल्याउँदै पार्टीको बैठकबाट यसबारे निर्णय गरिने जानकारी दिएका छन्।
थापाको भनाइसँगै नेपाली कांग्रेसभित्र सरकारको समर्थन फिर्ता गर्ने विषयमा नयाँ राजनीतिक बहस शुरु हुने संकेत देखिएको छ।



बिहानीको तारा । २४ भाद्र २०८२, मंगलवार १०:११